२९ आश्विन २०८३, बिहिबार

संसदको चमेनागृह बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad-Chamena-532x400काठमाडौ, २ असार । गुणस्तरहीन र बासी खाना खुवाएको पुष्टि भएपछि संविधानसभा सचिवालय, सिंहदरबार र संविधानसभा भवन, नयाँ बानेश्वरमा सभासदहरूका लागि सञ्चालित चमेनागृह बन्द गरिने भएका छन् ।

खाद्य प्रविधि प्रयोगशालाको परीक्षणले खानामा हानिकारक किटाणु पाइएको प्रमाणित गरेपछि संसद् सचिवालयले औपचारिक रोक लगाएको हो ।

सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार चमेनागृह सञ्चालनका लागि जयसुमन जनशक्ति प्रालिसँग गत साउन २ गते भएको सम्झौता आइतबारदेखि रद्द गरिएको छ । ‘पटक-पटक सोधिएको प्रस्टीकरण र सुधारका लागि दिइएको निर्देशन अटेर गरी खाद्य गुणस्तर र सरसफाइ अझ नाजुक देखिएकाले सम्झौता रद्द गर्नुपरेको हो,’ शर्माले भने ।

प्रमुख दलका शीर्ष नेताहरू सदस्य रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको जेठ २३ को बैठकपछि खुवाइएको कुखुराको मासु र दाल दुर्गन्धित पाइएपछि कारबाहीको प्रक्रिया सुरु भएको थियो । उक्त दिन खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पठाइएको नमुना परीक्षणमा स्टाफाइलोकोकस औरियस, ब्यासिलियस स्पेसिज पाइएको थियो ।

सभासदहरूले चमेनागृहको व्यवस्थापन र खानाको गुणस्तरबारे बारम्बार प्रश्न उठाउँदै आएका थिए । संविधानसभा र संसदीय समितिका बैठक र सचिवालयका नियमित कामका सन्दर्भमा आवश्यक खानारखाजा सिंहदरबारको चमेनागृहबाट खुवाउने गरिएको थियो ।

सदन चलेका बेलाका लागि सभासदहरू आफैंले पैसा तिरेर खानका लागि समान व्यवस्थापनमा नयाँ बानेश्वरमा पनि चमेनागृहमा राखिएको थियो । जेठ २३ को घटनापछि संसद् कर्मचारी युनियनले दुवै स्थानका चमेनागृहमा गरेको तालाबन्दी नखुल्दै सचिवालयले औपचारिक रूपमै बन्द गर्ने निर्णय गरेको हो । कान्तिपुर दैनिकबाट