३१ असार २०८३, बुधबार

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्कोडा नेपालले आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए । उनीहरुले कारको मालिक त धेरै जना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश दिएका थिए ।

कम्पनीका अनसार कुशाक चार्टमा तुलना गरेर उत्कृष्ट देखिने गाडी होइन, यो स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक अनुभवलाई प्राथमिकता दिने चालकका लागि निर्माण गरिएको एसयूभी हो । यही सोच कुशाकको इन्जिनियरिङमा पनि झल्किन्छ । १.० लिटर र १.५ लिटर टिएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनले सुसज्जित छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिन्छ । साथै, पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने युरोपेलीस्तरको आराम प्रदान गर्छ । यसको अर्थ कुशाकलाई सुरुमा उत्कृष्ट इन्जिनियरिङ गरिएको छ र त्यसपछि आरामलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।

नेपालमा कुशाकको विशेषता यसको उत्कृष्ट फिचरमा मात्र सीमित छैन, यसको स्वामित्व लागत पनि उत्तिकै आकर्षक छ । युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी ५७ लाख ९० हजार रुपैयाँदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ । साथै, प्रोमिश अफ १२ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध छ । यसमा कुनै लुकेका शुल्कहरू छैनन् र हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल १२,००० रुपैयाँको निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन । यही नै यसको वास्तविक मूल्य हो ।”

त्यसैगरी, रौनक अग्रवालले भने, “यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो । हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैं अनुभव गर्न आमन्त्रण गर्दछौँ ।”

यस सार्वजनिकसँगै स्कोडा नेपालले कुशाकलाई नेपालमा चालक केन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको छ । उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत र आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेगमेन्टमा विशेष बनाएको कम्पनीले जनाएको छ ।