काठमाडौ, २ असार । मादल घन्काउदै लोकगीत गाउूदै नाच्दै एक हुल पाका महिला आइतबार मध्याह्न तीनकुने चोकमा निस्किए । उनीहरु खुसीले धपक्क थिए । राताम्मे हुनेगरी अविर लगाएका, केहीले खादा पनि । उनीहरुले कुनै चुनाव जितेका होइनन न त्यो समूह देउसी खेल्नै निस्केको हो । खासमा तीनकुनेस्थित उत्प्रेरणा महिला विद्यालयका पाका विद्यार्थीहरुले एसएलसी पास गरेका रहेछन् । त्यही भएर यत्रो खुसी ?
उत्तिर्णहरुको जुलुसमा अगाडि अगाडि थिइन, भीमसेनगोलाकी ५१ वर्षीया श्रीमाया घिसिङ । उनी दोस्रो श्रेणीमा उत्तिर्ण भएकी हुन् । २६ वर्षअघि एसएलसीमा अनुतीर्ण भएपछि उनको विवाह भयो । पढने इच्छा अधुरै रह्यो । उनले घर धान्दै दुई छोरी र एक छोरालाई पढाइन । जेठी छोरी प्रेमिता मोक्तान बेलायतमा एमबीबीएस अध्ययनरत छिन । कान्छी छोरी होटल म्यानेजमेन्ट र छोरा इन्जिनियरिङ पढिरहेका छन ।
दुई वर्षअघि नौ कक्षामा भर्ना हुदा छोराछोरीले उनलाई जिस्क्याउथे । आफनी आमा नौ कक्षामा पढदै छिन् भन्नसमेत लाज मान्थे । जब उनी एसएलसी पास भइन्, छोराछोरी र श्रीमान खुसी छन । पास भएको खुसीमा दुई दिन त खानै खान मन नलागेको उनले बताइन । ‘पढ्ने जोस बढेको छ,’ उनले भनिन । अब उनको राजनीतिशास्त्र पढ्ने धोको छ ।
ओखलढुगाकी ४५ वर्षीया हिरादेवी तिमल्सिना पहिलो श्रेणीमा उतीर्ण भइन । उनले विवाहअघि ६ कक्षासम्म मात्रै अध्ययन गरेकी थिइन । विद्यालय घरदेखि टाढा भएकाले उनको पढाई टुट्यो । १६ वर्षको उमेरमै विवाह भएपछि पढ्ने कुरै भएन । दुई छोराकी आमा उनी २ वर्षअघि विद्यालय भर्ना भइन । यस वर्ष राम्रै अंक ल्यार पास भएपछि शिक्षक रहेका उनका श्रीमान र आइटी अध्ययनरत छोराहरु खुसी छन । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया