काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सेनाले इरानविरुद्ध नयाँ आक्रमणहरू सुरु गरेको घोषणा गरेको छ ।
अमेरिकाले यस साता इरानविरुद्ध गरेको यो आक्रमणको तेस्रो चरणको आक्रमण हो । यो आक्रमण अमेरिकी राष्ट्रपति तथा सेनाका सर्वोच्च कमान्डर डोनाल्ड ट्रम्पको निर्देशनमा सञ्चालन भइरहेको हो ।
अमेरिकाको आक्रमणपछि इरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएको छ ।
इरानको मेहर न्यूज एजेन्सीका अनुसार, केश्म टापुमा ठूलो विस्फोटको आवाज सुनिएको छ ।
इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बासमा तीन र सिरिकमा दुईवटा विस्फोट भएको जनाएको छ ।








प्रतिक्रिया