१० श्रावण २०८३, आइतबार

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक खेलमा स्पेनका लागि फाबियन रुइज र मिकेल मेरिनोले गोल गरे भने बेल्जियमका लागि चार्ल्स डी केटेलेरेले एकमात्र गोल गरे ।

खेलको ३० औं मिनेटमा स्पेनका लागि फाबियन रुइजले पहिलो गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । त्यसपछि युवा स्टार लामिन यामालले गरेको प्रहार गोलपोस्टको थोरै बाहिरबाट बाहिरियो ।

पहिलो हाफ सकिनै लाग्दा बेल्जियमले गोल फर्कायो । खेलको ४१ औं मिनेटमा चार्ल्स डी केटेलेरेले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास जारी राखे । तर निर्णायक गोल ८८ औं मिनेटमा आयो । स्पेनका लागि मिकेल मेरिनोले गोल गरे र स्पेनलाई २–१ को अग्रता दिलाए । अन्तिम सिठी बज्नुअघि बेल्जियमले बराबरी गोल गर्न सकेन र स्पेनले जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।