काठमाडौं । फिफा विश्वकप २०२६ अब रोमाञ्चक मोडमा प्रवेश गरेको छ अर्थात ४८ टोलीका साथ सुरु भएको उपाधिको दौड अब आठ टोलीमा सीमित भएको हो ।
अन्तिम १६ को ८ रोमाञ्चक खेलहरुपछि अब क्वार्टरफाइनलमा चार भिडन्तहरू हुन लागेको हो ।

मंगलबार राति साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध ३–२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो भने बुधबार बिहान स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

क्वार्टरफाइनलमा अर्जेन्टिनासहित स्विट्जरल्यान्ड, फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्यान्डले स्थान सुरक्षित गरेको हो ।
अब क्वार्टफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग भिड्नेछ ।

क्वार्टरफाइनलका खेलहरू शुक्रबार बिहानदेखि सुरू हुनेछ । पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान १ः४५ बजेदेखि सुरू हुनेछ ।
शनिबार बिहान १२ः४५ बजे स्पेन र बेल्जियमबीच खेल हुनेछ । त्यसपछि आइतबार बिहान २ः४५ बजे नर्वे र इंग्ल्यान्ड तथा आइतबार बिहान ६ः४५ बजे अर्जेन्टिना र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
जित्ने ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुई खेलका विजेताले जुलाई २० गते बिहान १२ः४५ बजे फाइनल खेल्नेछन् ।













प्रतिक्रिया