१ कार्तिक २०८३, आइतबार

समाजसेवा वा राजनीति मध्ये एकलाई पूर्णरुपमा अंगाल्ने हमालको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-Hamal

काठमाडौं। हलिउड र बलिउडका सेलीब्रेटीहरु आफुले आम्दानी गरेको रकमको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नका लागि संस्थागत रुपमा च्यारिटेबल फाउण्डेसन स्थापना गर्छन्। यो लहर अहिले नेपाली फिल्म उद्योगमा पनि प्रवेश गरिसकेको छ। करिब ५ महिना अघि नायिका रेखा थापाले ‘रेखा थापा फाउण्डेसन’ खोलेर राउटेका छोराछोरीलाई पढाउने व्यवस्था नै गरिन्। महानायक राजेश हमालले पनि आफ्नै समाजसेवी संस्था खोलेर आफुलाई समाजसेवामा होमिने छनक देखाउन थालेका छन्।

नेपाली फिल्ममा अभिनयको २५ वर्ष र ५० औं जन्मदिन मनाउन अष्ट्रेलियामा पुगेका हमालले कान्तिपुरका स्थानीय संवाददाता नारायण खड्कासँग कुरा गर्दै समाजसेवाको योजना सुनाए। ‘अहिले नै मिति तोकेर भन्न त सक्दिन,’ हमालले भनेका छन्,‘ तर निकट भविष्यमा समाजसेवा गर्नका लागि आफ्नै एउटा संस्था खोल्ने योजना बनाइरहेको छु, मैले स्थापना गर्ने संस्था सस्तो प्रचारका लागि मात्र नभएर वास्तवमै नेपाली समाजमा केही योगदान दिने किसिमको हुनेछ।’

उनले आफूले भविष्यमा फिल्म, समाजसेवा वा राजनीतिमध्ये कुनै एकलाई पूर्णरुपमा साथमा लिएर बढ्ने खुलाएका छन्। ‘यदि फिल्म क्षेत्रमा सक्रिय नै रहे भने निर्देशनतिर लाग्छु होला, भइन भने यी दुईमध्ये कुनै क्षेत्रलाई अंगालेर नेपाली समाजमा आउनेछु,’ उनले भनेका छन्, ‘तर जब उपयुक्त समय आउँछ त्यसपछि मात्र सार्वजनिक रुपमा आउनेछु।’