२३ असार २०८३, मंगलबार

देउवापुत्र जयवीरलाई ७ दिनभित्र हाजिर हुन सम्पत्ति शुद्धीकरण विभागको पुर्जी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले पुर्जी काटेको छ ।

सम्पत्ति शुद्धीकरण जाँचबुझका लागि केही बुझ्नुपर्ने भएकाले सात दिनभित्र विभागमा आउन भन्दै बुढानिलकण्ठमा रहेको देउवाको घरमा सूचना टाँस गरेको हो ।

‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक ०७ (सात) दिनभित्र यस विभागको कार्यालय हरिहर भवन, ललितपुर कर्मचारी सञ्चयकोष भवनको बल्क ‘बी’मा कार्यालय समयभित्र हाजिर हुन आउनु हुन यो सूचना/म्याद जारी गरिएको छ । नआए कानून बमोजिम हुनेछ ।’ विभागको पत्रमा भनिएको छ ।