२९ आश्विन २०८३, बिहिबार

वर्जित हुँदाहुँदै कसको अनुमतिले स्वयम्भूमा दलाई लामाको जन्मोत्सव मनाइयो ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको स्वयम्भूमा तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सव मनाइएको छ ।

एक चीन नीतिमा प्रतिवद्व रहँदै आएको नेपालमा दलाई लामा पक्षिय गतिविधि गर्न वर्जित छ । तर आज पश्चिमी कूटनीतिज्ञसहितको उपस्थितिमा स्वयम्भूस्थित नामग्याल स्कूलमा विशेष कार्यक्रम आयोजना गरेर लामाको ९१औँ जन्मदिन मनाइएको हो ।

सरकारले वर्जित गर्दागर्दै पनि कसरी कूटनीतिज्ञसहितको उपस्थितिमा कार्यक्रम आयोजना गरियो भन्ने प्रश्न उठेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दलाई लामाको जन्मदिन मनाउन प्रशासनले अनुमति नदिएको स्पष्ट पारेको छ ।

कार्यक्रम आयोजना गरिएको भन्ने जानकारी पाउना साथ प्रहरी कार्यक्रमस्थलमा पुगेको थियो । तर प्रहरी जाँदा कुनै कार्यक्रम नभेटिएको प्रहरीले जानकारी दिएको छ ।