११ श्रावण २०८३, सोमबार

एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ । अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन् । यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए । तीमध्ये छनोट प्रक्रियापछि १५५ जना अन्तिम सूचीमा समावेश भएका हुन् ।

अन्तिम सूचीमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ । श्रेणी ‘ए’मा ५, श्रेणी ‘बी’मा २७ र श्रेणी ‘सी’मा १२३ खेलाडी रहेका छन् ।

एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।