३१ असार २०८३, बुधबार

जापानलाई २–१ ले पराजित गर्दै ब्राजिल अन्तिम १६ मा

जापान विश्वकपबाट बाहिरियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा ब्राजिलले जापानलाई २–१ गोलले हराएर राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

ह्युस्टन स्टेडियममा भएको रोमाञ्चक खेलमा गेब्रियल मार्टिनेलीले इन्जुरी टाइम (९० प्लस ६ औं मिनेट)मा विजयी गोल गर्दा ब्राजिलले नाटकीय जित हात पार्‍यो ।

खेलको २९ औं मिनेटमा काइशु सानोले जापानलाई १–० को अग्रता दिलाए । यो जापानको लागि सानोको पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो ।

ब्राजिलका स्टार खेलाडीहरूले पहिलो हाफमा जापानी डिफेन्स तोड्न असफल भए र जापानले पहिलो हाफटाइममा आफ्नो अग्रता कायम राख्न सफल भयो ।

दोस्रो हाफको ५६ औं मिनेटमा कासेमिरोले गेब्रियल म्यागाल्हेसको सटीक क्रसमा उत्कृष्ट हेडर गोल गरे र खेल १–१ को बराबरीमा ल्याए ।

बराबरी गोलपछि ब्राजिलले आक्रामक खेल जारी राख्यो । दुवै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयतिर अघि बढ्दै गर्दा ब्राजिलका गुइमाराइसले गेब्रियल मार्टिनेलीलाई उत्कृष्ट पास दिए । उक्त पासलाई मार्टिनेलीले निर्णायक गोलमा परिणत गरे र ब्राजिललाई २–१ को जित दिलाए ।

ब्राजिलले अब राउन्ड अफ १६ मा आइभोरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग सामना गर्नेछ ।

हारसँगै जापान विश्वकपबाट बाहिरिएको छ ।