काठमाडौं । सुकुम्वासीलाई राख्न बनाइएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेका छन् ।
होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टर छोडेर अन्यत्र जानका लागि सुविधा सहित अनुरोध गरेको विषयलाई अतिरन्जित गर्दै तामाङले त्यहाँका बसोबासीको शान्तिपूर्वक बस्न पाउने अधिकार पनि खलल गरेको प्रहरीको आरोप छ ।








प्रतिक्रिया