१४ असार २०८३, आइतबार

मेस्सी नखेलेको जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाको २–० को अग्रता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता बनाएको छ ।

अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहाले डी–बक्सको ठीक बाहिर मार्कोस सेनेसीमाथि फाउल गरेपछि अर्जेन्टिनाले खतरनाक स्थानबाट फ्रिकिक पाएको थियो । उक्त अवसरलाई लो सेल्सोले आकर्षक प्रहारमार्फत सिधै गोलमा परिणत गरे । त्यसपछि ३१ औं मिनेटमा भिडियो सहायक रेफ्री (भीएआर)को समीक्षापछि अर्जेन्टिनाले पेनाल्टी पायो । डी बक्सभित्र सेनेसीमाथि फाउल भएको निष्कर्ष निकाल्दै रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई स्ट्राइकर लाउटारो मार्टिनेजले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले यस खेलमा कप्तान लियोनेल मेस्सीलाई विश्राम दिएको छ ।

मेस्सी सुरुआती रोजाइमा नरही बेन्चमा रहे पनि अर्जेन्टिनाले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै जोर्डनमाथि निरन्तर दबाब सिर्जना गरेको छ । जोर्डन भने पहिलो हाफमै गोल फर्काएर खेलमा पुनरागमन गर्ने प्रयासमा रहेको छ ।