८ श्रावण २०८३, शुक्रबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत आज (शुक्रबार) विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुने कार्यसूची छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुदूरपश्चिम प्रदेश सभाको अर्थ अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

Skip This