२९ असार २०८३, सोमबार

‘तीन तिघ्रे क्या बिग्रे’मा समिया कार्की अनुबन्धित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी तथा टेलिचलचित्र ‘सीता’मार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गरेकी कलाकार समिया कार्की नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।

टेलिचलचित्र ‘सीता’मा सीताको नन्दको भूमिकामा देखिएकी समियाको यो पहिलो चलचित्र हो । पहिलो चलचित्रमै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित देखिएकी छन् । नयाँ टिम र अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि खुसीको विषय भएको उनले बताइन् ।

चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन् । यी दुवै कलाकारका लागि पनि यो डेब्यु चलचित्र हुनेछ ।

कमेडी जनरामा निर्माण हुन लागेको यस चलचित्रले मनोरञ्जनको भरपूर स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए । उनका अनुसार चलचित्रलाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित प्रस्तुत गरिनेछ ।