२९ असार २०८३, सोमबार

कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ जना गम्भीर घाइते, १८ जना बेपत्ता

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारको मुख्य प्राकृतिक ग्यास निर्यात टर्मिनलमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् । विस्फोटबाट आगलागी हुँदा १८ जना बेपत्ता भएका छन् ।

कतारको प्राकृतिक ग्यास उद्योगको प्रमुख केन्द्र रास लाफान औद्योगिक क्षेत्रमा विस्फोट भएको हो । यसअघि अमेरिका–इरान युद्धको समयमा इरानी आक्रमणमा यो ग्यास प्लान्टमा ठूलो क्षति पुगेको थियो ।

आइतबार राति मर्मतपछि प्लान्टलाई पुनः सुरु गर्ने क्रममा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वको ठूलो प्राकृतिक ग्यास उत्पादकहरूमध्ये एक कतारको यो प्रमुख निर्यात केन्द्रमा भएको दुर्घटनाले विश्वव्यापी ऊर्जा बजारलाई असर पुर्‍याउन सक्ने उल्लेख गरिएको छ ।