९ कार्तिक २०८३, सोमबार

भक्तपुरमा भेटियो एक सय ७० वर्ष पुरानो शिलापत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साँखु (काठमाडौँ), २८ साउन । साँखु बजारमा रहेका भग्नावशेष हटाउने क्रम स्थानीयवासी गीता श्रेष्ठको घरमा करिब १७० वर्ष अगाडिको एउटा शिलापत्र भेटिएको छ ।

शिलापत्रमा नेपाल संवत् ९६५ अङ्कित छ । स्थानीय इतिहाससम्बन्धी अध्येता प्रकाशमान श्रेष्ठका अनुसार उक्त शिलापत्रमा साल्खाटोलको गणेशको मूर्तिलाई सुवर्ण लेपन, घन्ट स्थापना, सिंह स्थापना र छत्र स्थापना गरी तीन रोपनी जग्गासमेत दान गरिएको उल्लेख छ । शिलापत्रमा उल्लेख भएअनुसार प्रत्येक वर्ष बलि पूजासहित वार्षिक रुपमा गुठी पूजा गर्नुपर्नेछ ।

साँखुका गल्लीको सफाइ

साँखु बजारका मुख्य बाटा समेत पूर्ण रुपमा सरसफाइ नहुँदै साँखुमा ‘वर्क फर पे’ परियोजना लागू गरिने भएको छ । सोसम्बन्धी व्यवस्थापनका लागि गृहकार्य भइरहेको स्थानीय समाजसेवी लकस श्रेष्ठ बताउनुहुन्छ । परियोजनाले साँखुका बजारबाहेक गल्लीमा रहेको भग्नावशेषको फोहर सङ्कलन गरी चोक चोकमा जम्मा गर्ने र त्यसलाई नगरपालिकाले व्यवस्थापन गर्ने गरी सम्झौता भएपछि आगामी हप्तादेखि काम थालिने भएको छ ।

यस्तै साँखु सक्व पुनःनिर्माण समितिले इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसनसँग सहकार्य गरेर साँखु बजारको भित्री भागको भग्नावशेष पन्छाउने एवम् सरसफाइ अघि बढाउने भएको छ । त्यसपछि साँखु बजारमा भग्नावशेष हटाउने एवम् सरसफाइको काम सकिने साँखु सम्पदा पर्यटन तथा वातावरण समाजका प्रबन्ध निर्देशक राधाकृष्ण श्रेष्ठले बताउनुभयो । रासस