– सुदीप अधिकारी
बर्दिया,२८ साउन । थारु कल्याणकारीणी सभा संघर्ष समिति बर्दियाले मंगलबार देखि गरेको अनिश्चितकालीन बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ ।
कन्चनपुरदेखि चितवन सम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर मंगलबार देखि गरिएको आन्श्चितकालीन बर्दिया बन्दका कारण ३ दिनदेखि बर्दियाको जनजीवन प्रभावित भएको हो ।
२६ गतेदेखि अनिश्चितकालिन बर्दिया बन्दको घोषण गरेको थारु कल्याणकारी सभाले आज बर्दियाको सदरमुकाम गुलरियामा जनप्रदर्शन सहित नगर परिक्रमा गरी कोणसभामा परिणत भएको छ ।
थारु कल्याणकारीणी संघर्ष समितिको बन्दका कारण यातायात पूर्ण रुपमा ठप्प भएको छ । बन्दका कारण बर्दियाको सदरमुकाम गुलरिया लगायत ब्यापारीक केन्द्रहरु राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढी लगायतका क्षेत्र मंगलबार देखि पूर्ण रुपमा बन्द रहेका छन । यातायात र बजार संगै शिक्षण संस्था र कलकारखाना समेत ठप्प रहेका छन् ।
गत मंगलबारदेखि अनिश्चितकालिन बर्दिया बन्द गरेको थारु कल्याणकारीणी सभाको कोणसभालाई सम्बोधन गर्दै थरुहटका केन्द्रिय नेता एवं सभासद गोपाल दहितले पुनः थरुहट प्रदेश हुने गरी प्रदेशको सिमांकन गरेर देखाउन चेतावती दिएका छन् ।
जनप्रर्दशन सहित कोणसभामा बोल्दै थारु नेताहरुले विगतमा भएका सबै सम्झौता पालना गरी सिमांकन नभएको भन्दै विगतमा भएका सन्धी सम्झौताहरु यथासिघ्र पालना गरी प्रदेशको सिमांकन गर्न माग गरेका थिए ।
थरुहट नेता एवं सभासद गोपाल दहितले चार दलका शिर्ष नेता तथा प्रधानमन्त्रीले मुखले बोलेर मात्र आन्दोलन नरोकिने बताउँदै यथाशीघ्र चितवत देखि कैलाली कन्चनपुर सम्म थरुहट राज्यको सिमांकन गर्नेपर्ने बताए ।















प्रतिक्रिया