काठमाडौ, २८ साउन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका-२३ ढुङ्गेअड्डा स्थित बा ४ ख १२०९ नंबरको ट्रकले बुधबार बा ४९ प ७७९० नंबरको मोटरसाइकललाई ठक्कर दिदा ४१ बर्षीय राममाया श्रेष्ठको मृत्यु भएको हो ।
ठक्करबाट घाइते श्रेष्ठको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । श्रेष्ठ काठमाडौं एयरपोर्ट घरका मालिक हुन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया