– अनिल खत्री
गुल्मी, २८ साउन । गोठमा एक्कासी बिजुलीको तार सट भएर आगोलागी हुँदा ठूलो लुम्पेकमा घरगोठ जलेर नष्ट भएका छन् । ठूलोलुम्पेक ८ चेहेमीका तेज बहादुर तरामुको घर र भाजविर तरामुको गोठ जलेको छ ।
भाजविर तरामुको गोठमा बिजुलीको तार सट भएपछि तेज बहादुरको घर पनि जलेको स्थानीय शिक्षक शेर बहादुर कुवंरले जानकारी दिए । राति ११ बजे एक्कासी आगो लागेपछि गोठमा भएको भैसी फुकाउन गएकी भाजविर तरामुुको बुहारी धनमाया तरामु घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । गोठ जलेर नष्ट भएको छ ।
अरु पशुचौपाया भगाउन सफल भएपनि लैनो पाडो मरेको छ । भाजविरको गोठ नजिकै रहेको तेज बहादुरको घर पूर्णरुपले जलेर नष्ट भएको छ । घरको तल्लो तलामा रहेका केहि सामान जोगाए पनि करिव २ लाख बराबरको अन्नपात र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको पीडित तेज बहादुरले बताए । इलाका प्रहरी कार्यालय रिडिको प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।















प्रतिक्रिया