२९ आश्विन २०८३, बिहिबार

कांग्रेसका वडाध्यक्ष जेल चलान

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जेल चलान भएका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका– ४ का वडाध्यक्ष शिवबहादुर थापा मानब बेचबिखन मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षमै राख्न आदेश दिएको हो ।

एक व्यक्तिलाई थापाले अमेरिका लगिदिने भन्दै अन्य देशमा अलपत्र पारेर नेपाल फर्किएका थिए ।