९ कार्तिक २०८३, सोमबार

पूर्वका नौ जिल्लामा बन्द आह्वान, बन्दले जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bandaपाँचथर, २८ साउन । सरकारसँग भएको पटकपटकको सहमति कार्यान्वयन नगरी बिना पहिचानसहितको प्रदेश निर्माण गरिएको भन्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले आज पूर्वका नौ जिल्लामा आह्वान गरेको आमहडतालबाट जनजीवन प्रभावित भएको छ ।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङखुवासभा जिल्लामा आमहडतालको प्रभाव बिहानैबाट परेको छ ।

यी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् ।

विक्रम संवत १८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, ०६४ फागुन १८ र चैत ६ गते भएको पाँचबुँदे सम्झौता उल्लङ्घन गरिएको र चार दलबीच भएको १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचान बिनाको वेनामे प्रदेशको विरोधमा आमहडताल आह्वान गरिएको पार्टीले जनाएको छ ।