२९ आश्विन २०८३, बिहिबार

पूर्वमन्त्री दीपक खड्कासहित तीनजनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री दीपक खड्कासहित तीनजनालाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय अनुशासन समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्कासहित संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई स्पष्टीकरण सोधेको हो । उनीहरूले पार्टी विधान विपरीत कार्य गरेको आरोप छ ।

पत्र प्राप्त भएको ५ दिनभित्र लिखित जवाफ पेस गर्न पार्टीले निर्देशन दिएको हो । पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको र विपक्षी दलका उम्मेदवारहरूलाई विजयी गराउन भूमिका खेलेको आरोप लागेपछि कारबाही प्रक्रिया अघि बढाएको पत्रमा उल्लेख छ ।

स्पष्टीकरण पत्र अनुसार, २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा संखुवासभामा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठ विरुद्ध संगठित रूपमा अन्तर्घात भएको उजुरी परेको थियो।

यसैगरी, जिल्ला सचिव कुमार बाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखामाथि नेता दीपक खड्काकै निर्देशन अनुसार संगठन विरोधी गतिविधिमा संलग्न भएको गम्भीर आरोप लागेको छ। चित्तबुझ्दो स्पष्टीकरण नदिएमा कारबाही प्रक्रिया अगाडि बढाइने काँग्रेसले जनाएको छ ।