महेन्द्रनगर, २७ साउन । १६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार कञ्चनपुरमा सद्भाव दौड निकालिएको छ ।
युवा विकासको क्षेत्रमा कञ्चनपुरका क्रियाशील सामाजिक संस्था इन्सेक कञ्चनपुर, कोक्याप, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाहरुको संयुक्त आयोजनामा बुधबार ‘सामुदायिक विकासमा युवा सहभागिता’ भन्ने मुल नारा सहित सदरमुकाम महेन्द्रनगरमा सद्भाव दौड निकालेका हुन् ।

महेन्द्रनगरको मदनचोकबाट सुरु भएको सद्भाव दौड बजार परिक्रमा गरी पुनः मदन चोकमा आई कोण सभामा परिणत भएको थियो । सद्भाव दौडमा प्रमुख जिल्ला अधिकारी गोविन्द कार्की, कञ्चनपुर प्रहरी प्रमुख एसपी किशोर दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर चन्द, नागरिक अगुवाहरु र युवाहरु लगाएर करिब ७५ जनाको सहभागिता थियो ।
बजार परिक्रमापछि इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटको अध्यक्षतामा सम्पन्न भएको कोण सभामा बोल्दै प्रमुुख अतिथी प्रमुख जिल्ला अधिकारी गोविन्द बहादुर कार्कीले युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराउने सन्देश दिन सद्भाव दौड निकै महत्वपूर्ण रहेको बताए । वर्तमान समयमा युवाहरुमा रोजगारीको समस्या रहेको र उनीहरुलाई हड्ताल प्रदर्शन जस्ता कार्यमा मात्र उपयोग गरिएकोले युवाहरुको क्षमता विकासमा समस्या आएको वताए । साथै देश विकासका लागी सवै युवाहरुलाई समेटेर लानुपर्ने बताए ।
कोण सभामा युवा अधिकारकर्मी रेखा नेपाली, नागरिक समाजका सह-संयोजक पुनम चन्द, खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष शेरवहादुर चन्द लगायतले अन्तर्राष्ट्रिय युवा दिवसकोे अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।

















प्रतिक्रिया