काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्रमा चर्चित गायक पशुपति शर्माको अभिनय रहने भएको छ । चलचित्रको नाम भने हाल गोप्य राखिएको छ ।
प्राप्त जानकारीअनुसार चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माता रघुनाथ सापकोटा रहेका छन् । चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको बताइएको छ ।
लोकदोहोरी गायनमार्फत नेपाली दर्शकमाझ विशेष लोकप्रियता हासिल गरेका शर्माले अब चलचित्रमार्फत पनि आफ्नो फरक क्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय नेपाली चलचित्र बजारमा एकै प्रकारका कथावस्तु र सीमित कलाकारहरूको वर्चस्व देखिएको अवस्थामा शर्माको प्रवेशले नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।
गायन क्षेत्रमा जस्तै अभिनयमा पनि शर्माले दर्शकको मन जित्न सफल हुने र चलचित्र क्षेत्रमा नयाँ चर्चा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया