३० आश्विन २०८३, शुक्रबार

ज्योती मगरले भनिन्-‘मेरो बदनाम गर्नेलाई छाड्दिन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-Magarकाठमाडौं । लोक गायिका ज्योती मगर अहिले तनावमा छिन् । केही ब्लग र सामाजिक सञ्जालमा ज्योती मगरमाथि हातपात भयो भन्ने खबर आएपछि उनी तनावमा परेकी हुन् ।

उक्त खबरको खण्डन गर्दै उनले आफूमाथि हातपात नभएको बताएकी छिन् । टेलिफोनमा दैनिक नेपालसँग कुरा गर्दै उनले भनिन्-‘ज्योती मगरमाथि हातपात भयो भन्ने हल्ला सबै फेक हो, कपोकल्पित खबर हो । मेरो बदनाम गर्नका लागि यस्तो गलत प्रचार गरिएको छ । मेरो बदनाम गर्नेलाई म छाड्दिन ।’

आफ्नो बद्नाम गराउन गलत प्रचार गर्ने ब्लग र अनलाईनविरुद्ध साइबर क्राइममा मुद्दा हाल्ने चेतावनी पनि उनले दिईन् ।

‘ज्योती मगरले अंग देखाएर नाचेको भन्दै काठमाडौंको बालाजुमा महिलाहरुको समुहले हातपात गरेको’ झुटो समाचार अहिले केही ब्लग र सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त समाचारको खण्डन गर्दै ज्योतीले आफ्नो फेसबुक पेजबाट पनि आक्रोश पोखेकी छिन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्-‘आज दिनभर फोन आएर हैरान भए, मेरो व्यक्तिगत लोकप्रियताबाट अत्तालिएका केहि व्यक्तिहरुले ज्योती मगरमाथि हातपात भनेर झुटो एवं कपोलकल्पित कुरा अनलाईन समाचार बनाएर पोष्ट गरेका रहेछन् । म माथी केहि नभएको र यो सबै गलत कुरा भएको मेरा प्रशंसकहरुलाई जानकारी गराउन चाहन्छु । झुटो कुरा भएकाले यसबारेमा अन्य थप प्रष्ट पार्नु जरुरी पनि ठान्दिन् । जहाँसम्म मैले गाउने गीतको शीर्षकको कुरा छ, त्यो पनि झुटो हो ।’

फेसबुकमा यस्तो छ ज्योती मगरको आक्रोशः

Jyoti-magar