काठमाडौं । अमेरिकाले शनिबार फेरि इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सिंगापुरमा भएको शिखर सम्मेलनलाई सम्बोधन गर्दै इरानसँग जारी वार्ता असफल भएमा अमेरिकाले फेरि आक्रमण गर्नसक्ने बताएका हुन् ।
अप्रिलको सुरुमा हस्ताक्षर गरिएको अस्थायी युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र थप स्थायी सम्झौताको लागि मार्ग प्रशस्त गर्ने प्रस्तावित सम्झौतामा अमेरिका र इरानी वार्ताकारहरूले मतभेदहरू समाधान गर्ने प्रयास गरिरहेका बेला उनको यो चेतावनी आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको बैठकमा प्रस्तावको बारेमा अन्तिम निर्णय लिने बताएका थिए । यद्यपि, दुई घण्टाको बैठकपछि उनले यसलाई स्थगित गरे ।
यता इरानले अहिलेसम्म सम्झौताको लागि समयसीमा घोषणा गरेको छैन ।
इरानका सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी अमेरिकालाई विश्वास गर्दैनौँ । जबसम्म अमेरिकाले कारबाही गर्दैन, इरानले कुनै कारबाही गर्ने छैन । हामी त्यसको लागि हतारमा छैनौँ ।’













प्रतिक्रिया