– नरेश केसी
लुम्बिनी, साउन २७ । सामरिक महत्वको लुम्बिनीको विकासकोलागी खटिएका विकास कोषका पदाधिकारीको कामकर्तव्य प्रति ले नै असन्तुष्टी व्यक्त गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले विश्व पर्यटन केन्द्र लुम्बिनीको विकासकोलागी सन्चालित गुरुयोजनालाई सम्पन्न गर्न कोषका पदाधिकारीहरु एक हुनुको साटो तीन तर्फ र्फिर्कएको जनाउदैं त्यो लुम्बिनीकोलागी राम्रो नभएको बताए ।
कोषका अध्यक्ष समेत रहेका मन्त्रि शेर्पाले लुम्बिनी विकास कोषका पदाधिकारीबीच पानी बाराबारको स्थिती भएको भन्ने सुन्नुपर्दा आफै लज्जित भएको पनि बताए । शेर्पाले भने “राजनिती दलका शिर्ष नेताहरु कुम जोडेर काम गरिरहेको वर्तमान परिवेशमा यहां बोलचालै बन्द गरेर उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिव तीन तिर फर्किनु गलत हो ।” पर्यटनमन्त्री शेर्पाले मायादेवी मन्दिरको सुरक्षाकालागी नयां सुरक्षा योजनाकासाथ काम अगाडी बढाईएको समेत बताएका छन् ।
मन्त्री शेर्पाले विश्व सम्पदा सूचिमा सूचिकृत लुम्बिनीको मुख्य केन्द्र मायादेवी मन्दिर भएकोले त्यहां विशेष सुरक्षा अपनाइएको बताए । मायादेवी मन्दिर भित्र रहेको जन्म स्मारक शिला, अशोक पिल्लर छेऊ राखिएका दानपत्रमा संकलित दान रकमको संकलन र सरसफाईको क्रममा कोषकै कर्मचारीले बद्मासी गरेको आशंकामा शसस्त्र प्रहरी बलको सुरक्षा सर्तकर्तालाई विशेष आग्रह सहित खटाईएको समेत बताए ।
प्रेस चौतारि रुपन्देहीले लुम्बिनीमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री शेर्पाले भने “मैले मायादेवी मन्दिर भित्र रहेको जन्म स्मारक शिलाको आसपासको सरसफाई र दानपत्र तथा धर्मालम्बी एवं दर्शानार्थीले चढाएको रकम संकलन गर्ने कर्मचारीले विशेष कपडा लगाएर सोही कपडा भित्र रकम तथा अमूल्य धातु लुकाएर लैजाने गरेको सुनेको छु । त्यसलाई मैले गम्भिर रुपमा लिएर आजैका दिनदेखी अनुसन्धान पनि थालेको छु ।”
शेर्पाले विकास कोषका सबै कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सदस्य सचिवले आफ्नै नातेदार र नजिकका मान्छेलाई कर्मचारी बनाएकोप्रति संकेत गर्दै अयोग्य व्यक्तिलाई अनाधिकृत रुपमा नियुक्ति दिईनु ठीक नभएको समेत बताए ।
स्मरणहोस् लुम्बिनी विकास कोषको सुरक्षार्थ सशस्त्र प्रहरीबलले मायादेवी मन्दिर परिसरमा गत २ हप्तादेखी विशेष किसीमको सुरक्षा प्रदान गदै आएकोछ । अर्कोतर्फ सदस्यसचिव अजितमान तामांगले अनाधिकृत रुपमा नाताले आफ्नो साला पर्ने विकास लामालाई लेखा शाखाका खटाएका छन् ।
लामालाई सदस्यसचिव तामांगले संगै स्वकिय सचिवको रुपमा लिएर आएका थिए । पर्यटनमन्त्री शेर्पाले विकास कोषका केही कर्मचारी विभिन्न माग राखी आन्दोलन गरेकोमा आफु गम्भिर र जिम्मेवार ढंगले प्रस्तुत भएको समते बताए ।
















प्रतिक्रिया