९ कार्तिक २०८३, सोमबार

नेपालको झन्डा गाड्न लिपुलेक हिडे अभियन्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lipulek (1)
नेपाली भुमी लिपुलेक ।

– नरेन्द्रसिंह कार्की
दार्चुला, २७ साउन । काठमाडौ दार्चुला जागरण अभियानका अभियन्ताहरु बुधबार लिपुलेकको लागि हिडेका छन् । खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी दिउँसो २ बजे नेपालको बाटो हँुदै लिपुलेक हिडेका हुन् ।

नेकपा माओवादी बैद्य निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरु लिपुलेकका लागि हिडेका हुन् । टोलीमा क्रान्तिकारी अध्यक्ष रत्न ढकाल, उपाध्यक्ष बीरेन्द्र बस्नेत, खुसीराम चौधरी, सुशिला चौधरी, कमल न्यौपाने, हरी सुवेदी, रविराज दंगाल, राजन खतिवडा, रञ्जित कुमार शाह र नेकपा माओवादी जिल्ला कमिटी सहसचिव करनसिह कार्की रहेका छन् ।

यस्तै, टोलीमा एविसी टेलिभिजनका केशव जोशी, रुपेश बुढाथोकी, राजेन्द्र अवस्थी, कालापानी दार्चुलाका इन्द्रसिंह साउँद र कान्तिपुर दैनिकका मनोज बडू छन् । यस्तै, सहयोगीको रुपमा प्रेमसिह कार्की, गम्भीरसिह कार्की र विशनसिंह लोथ्याल छन् ।

लिपुलेक हिडेका टोलीलाई लिपुलेकसम्म पुग्न चार दिन बढी लाग्ने छ । पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी अध्यक्ष रत्न ढकालले जोखिम मोलेरै भएपनि लिपुलेक सम्म पुग्ने बताए । ‘झण्डा गाड्न हैन, खबरदारी गर्न अभियानमा लागेका हौ,’ ढकालले भने, ‘पहिलेका गएकाहरुको जस्तो झण्डा गाडेर सीमाना दिदैनौ ।’

‘लिपुलेक नेपालकै हो, यसमा कुनै दुइमत छैन’ उनले भने, दबाबले पनि सम्झौता खारेज भएन भने अन्तराष्ट्रिय मुद्धा हाल्छौ । मंगलबार भारतीय बजारमा घुम्न गएका युवाहरुलाई नियन्त्रणमा लिएर केरकार गरको घट्नाप्रति क्रान्तिकारीले आपत्ति जनायो ।

यस्तै, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विज्ञप्ती निकाल्दै नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गरेको छ ।
यसैबीच दार्चुलामा पिलुलेक सम्बन्धी नाराबाजी भएपछि भारतले सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतीय क्षेत्रमा काम गर्ने कामदारलाई ज्याला नदिएरै नेपाल फर्काइएको स्थानीय व्यापारी पानसिंह बोहराले बताए ।

गौरापर्व आइरहेको अवस्थामा मजदुरहरुलाई ज्याला नदिएर फकाईएपछि मजदुरहरु निराश भएका छन् । उनीहरुले नेकपा माओवादीका कारण दुख पाइरहेको बताएका छन् ।

यस्तै दुहु क्षेत्रका सबै तुइनहरु काटिएका छन् । तुइन काटिदिदा राप्ला, सुनसेरा, धौलाकोट, हुती लगायतका गाविसका स्थानीयलाई आवत जावतमा समस्या भएको हुतीका शिक्षक उपेन्द्रसिंह कुवरले बताए ।