९ कार्तिक २०८३, सोमबार

बर्दियामा एकातिर थरुहट, अर्कोतिर अखण्ड मध्यपश्चिमको आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhanda-bardiya
तस्वीरः सन्जु गिरीबाट ।

– सुदीप अधिकारी
बर्दिया, २७ साउन । थरुहट प्रदेश माग गर्दै थारु कल्याणकारणी सभा संघर्ष समिति बर्दियाले मंगलबारदेखि अनिश्चितकालिन जिल्ला बन्दको घोषणा गरे लगत्तै यहाँ अखण्ड मध्यपश्चिमको माग पनि गुञ्जेको छ । थरुहट नभई अखण्ड मध्यपश्चिम हुनु पर्ने भन्दै यहाँका युवाले बुधबार दिउँसो भुरिगाउँबजारमा मोटरसाइकल र्याली निकालेका छन् ।

एकातिर थरुहट र अर्कोतिर अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलन सुरु भएपछि यहाँको जनजीवन निकै प्रभावित भएको छ । थारु कल्याणकारणी सभा संघर्ष समिति कञ्चनपुरदेखि चितवन सम्मको भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग अघि सारेको छ । भने, अन्यले मध्यपश्चिमलाई टुक्राउन नहुने भन्दै आन्दोलन गरिरहेका छन् ।

बन्दका कारण सदरमुकाम गुलरियालगायत ब्यापारिक केन्द्रहरु राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढी पूर्ण रुपमा बन्द रहेका छन् । बजार र यातायातसँगै यहाँका शिक्षण संस्था र कलकारखाना समेत ठप्प छन् ।