९ श्रावण २०८३, शनिबार

चौथो सातामा ‘लालीबजार’ : ‘फ्यामिली’ दर्शकको साथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको हो ।

फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका कलाकार रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए ।

उनले भने, ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म परिवारले हेर्न मिल्दैन की भन्ने दर्शकमा परेको रहेछ, त्यसैले पहिला धेरै दर्शक एक्लै हेर्न आउनुभयो । फिल्म त परिवारले नै हेर्नुपर्ने रहेछ भन्ने लागेपछि अहिले दर्शकहरू आफ्नो परिवार नै लिएर हल आउनुभएको छ ।’

यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले १० करोडको आंकडा पार गर्ने विश्वास छ । ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकांशले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका हुन् ।

विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

Skip This