२९ आश्विन २०८३, बिहिबार

सामसङ नेपालको ‘अपग्रेड टू ग्यालेक्सी’ अफर सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘अपग्रेड टू ग्यालेक्सी’ अभियान घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।

कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । अभियानअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि पाउनेछन् ।

ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८,००० रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको पहुँच अझ सहज बनाउन सामसङले निम्न निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छः

यस विशेष अफरसँगै एनसेलको बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछः

नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस२६ सिरिज, सामसुङको नवीनतम फ्ल्यागशिप इनोभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत एआई आधारित फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ । साथै, ग्यालेक्सी५७ र ए३७ ५जीले ग्यालेक्सी ए सिरिज मा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूलाई ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।