२९ आश्विन २०८३, बिहिबार

हलमा ‘मितज्यू’को क्रेज : दर्शकसँगै फिल्म हेर्न निर्माण टिम मोफसलतिर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत शुक्रबारदेखि हलमा लागेको फिल्म ‘मितज्यू’लाई दर्शकको साथ अत्यधिक मिलिरहेको छ । यस्तो अवस्थामा निर्माण टिमले हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ ।

राजधानीका केही हलमा दर्शकको प्रतिक्रिया लिएपछि निर्माण टिम मोफसलतर्फ लागेको हो । बुधबार बिहान फिल्मका मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगरसहितको टिम नेपालगञ्ज, दाङ र बुटवलतर्फ लागेको छ । उनीहरूले त्यहाँ रहेका हलमा दर्शकसँगै बसेर फिल्म हेर्ने निर्माण पक्षको भनाइ छ ।

यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र टेरियाका अलावा फिल्ममा शिशिर वाङ्देल, खड्गबहादुर पुन मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतका कलाकारको अभिनय छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन् । फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका हुन् ।

लोकेश बज्राचार्यले सम्पादन गरेको यो फिल्मलाई शिशिर विशंखेले खिचेका हुन् । यस फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ ।