२९ आश्विन २०८३, बिहिबार

हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो : अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इदको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

बकर इदको अवसरमा बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सबैमा प्रेम, सद्भाव, एकता र मानवता अभिवृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

‘हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो । यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको संगीत बनेर गुञ्जिन्छन् । हाम्रो शक्ति यहाँका विविधता बीचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ ।’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बकर इदको यस अवसरमा मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना ! इद मुबारक !’