२९ आश्विन २०८३, बिहिबार

नेपालमा रहेका भुटानीको मोदीसँग गुहार- ‘आफ्नै देश फर्कन पाऊँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-arrives

दमक, १ असार । भुटानी शरणार्र्थी समस्या समाधानका लागि भुटान मानव अधिकार संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको छ ।

चौबीस वर्षदेखि शरणार्थीको रूपमा रहेका भुटानीहरूको स्वदेश फिर्ती अधिकारलाई सुनिश्चित गराउन भुटान सरकारसँग सकारात्मक पहल गर्न भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको हो । सङ्गठनका अध्यक्ष एसबी सुब्बासहित शरणार्थीहरूको एक प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री मोदीलाई भेट गरी त्यस्तो आग्रह गरेका हुन् ।

केही दिनअघि मात्र प्रधानमन्त्रीलाई पत्र बुझाइएको सङ्गठनद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पत्रमा लामो समयदेखि लम्बिएर गएको शरणार्थी समस्या समाधानका लागि भुटान भ्रमण गर्न र स्वदेश फर्कन चाहने शरणार्थीका लागि पहल गर्न आग्रह गरिएको जनाइएको छ ।

यसअघि दमकको बेलडाँगीमा बस्दै आएका ज्येष्ठ भुटानी नागरिक तथा भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले छुट्टा–छुट्टै अपिल निकालेर शरणार्थीहरूको घर फिर्तीमा पहल गरिदिन आग्रह गरेका थिए । ती सङ्गठनले नेपालका प्रधानमन्त्री तथा नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीसमक्ष त्यस्तो माग राखेका हुन् ।