९ कार्तिक २०८३, सोमबार

‘सन्तुष्टि पूरा गर्न नसकेपछि श्रीमानले मलाई घरबाट निकाले’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Devorce-1बाबियाचौर (म्याग्दी), २७ साउन । एक वर्षको अवधिमा म्याग्दीमा सयभन्दा बढी दम्पतीले सम्बन्धविच्छेद गरेका छन् ।

सम्बन्धविच्छेद गर्नेमा धेरैजसो २५ वर्षभन्दा कम उमेरका छन् । किशोर अवस्थामा विवाह गर्ने र पछि पारिवारिक जिम्मेवारी बढ्दै गएपछि एकअर्काप्रतिको अविश्वासले अदालतमा पुगेर सम्बन्धविच्छेद गर्ने क्रममा वृद्धि भएको छ ।

जिल्ला अदालत म्याग्दीमा आव २०७१/७२ मा ११३ वटा सम्बन्धविच्छेदका मुद्दा परेकामा १०७ वटाको फैसला भएको छ ।

सानो उमेरमै अपरिपक्व अवस्थामा विवाह गर्ने पारिवारिक, आर्थिक र सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने तथा वैदेशिक रोजगारीका कारण श्रीमान् श्रीमती लामो समय टाढिँदा एकअर्कामा अविश्वास सिर्जना हुँदा सम्बन्धविच्छेद बढेको अदालतका कर्मचारी बताउँछन् ।

अदालतका स्रेस्तेदार गोकर्णराज पन्तका अनुसार आव २०६९/७० मा ६७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । विसं २०७०/७१ मा सम्बन्धविच्छेदको दर दोब्बरले बढेर १२२ मुद्दा दर्ता भएकामा १०९ वटाको फैसला भएको थियो ।

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकअर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याएको कानुन व्यवसायी धु्रवराज शर्माले बताउनुभयो ।

“कलिलैमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा छुट्टिने समस्या बढेको छ”, शर्माले भन्नुभयो, “श्रीमान्, श्रीमतीमध्ये कुनै एक विदेशबाट घर फर्किएको एकाध महिनामै सम्बन्धविच्छेद गर्न आउँछन् ।”

श्रीमान विदेशबाट आउँदा परपुरुषसँग सम्बन्ध राखेको आशंका, यौन सम्पर्क गर्दा सन्तुष्टि दिन नसकेको भन्दै सम्बन्ध विच्छेद गरी श्रीमतीलाई घरबाट निकाल्ने क्रम पनि बढी उहाँले बताउनुभयो ।

अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शङ्का गर्ने बानी हटाउन आवश्यक देखिन्छ । रासस