२८ आश्विन २०८३, बुधबार

ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट मोदीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका हुन् ।

समाचार एजेन्सी एएनआईका अनुसार दुई नेताहरूबीच रक्षा, व्यापार, ऊर्जा, रणनीतिक प्रविधि र इन्डो–प्यासिफिक सहयोग लगायतका विषयमा छलफल भएको छ । बैठकमा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको थियो ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र अमेरिकी उपमन्त्री एलिसन हुकर पनि उपस्थित थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणको सात दिनपछि रुबियोको भ्रमण भएको हो ।