काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न सरकारसमक्ष माग गरेकी छिन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गरिन् ।
उनले अगाडि भनिन्, ‘खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीहरू आज निराश हुन बाध्य छन् । उचित अवसर र वातावरणको अभावमा प्रतिभावान खेलाडीहरू विदेश पलायन हुने क्रम समेत बढ्दो छ । त्यसैले विगत चार वर्षदेखि हुन नसकेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछु ।’













प्रतिक्रिया