१० श्रावण २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकद्वारा ह्वीलचेयर हस्तान्तरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई ह्वीलचेयर सहयोग प्रदान गरेको छ ।

यस कार्यक्रमअन्तर्गत बैंकले धनगढी–०१, कैलालीस्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पर्‍याउने विश्वास बैंकले लिएको छ ।

त्यसैगरी, बैंकले गोकर्णेश्वरस्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान ह्वीलचेयर सहयोग प्रदान गरेको छ । यो सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस प्रकारका कार्यक्रममार्फत बैंकले विशेषगरी ‘गुड हेल्थ एन्ड वेल विगिइन्’ तथा ‘रिडक्स इनइक्वालिटी’सम्बन्धी दिगो विकास लक्ष्यहरूलाई सहयोग पुर्‍याउने विश्वास गरेको छ ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।