९ कार्तिक २०८३, सोमबार

सिन्धुलीमा बलात्कारका घटना बढ्दो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeedसिन्धुलीमाढी, २७ साउन । पछिल्लो समय सिन्धुली जिल्लामा बलात्कारका घटना बढ्न थालेका छन् ।

पछिल्लो वर्षका आँकडाले बलात्कारका घटना बढ्दो क्रममा रहेको देखाएको छ ।

विविध कारणले महिला तथा कम उमेरका बालिकामाथि हुने बलात्कारका घटनामा वृद्धि भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०६७ सालदेखि पछिल्लो पाँच वर्षयता जिल्लामा ५९ वटा बलात्कार र सो उद्योगसम्बन्धी घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष २०६७/६८ मा आठ, २०६८/६९ मा सात, २०६९/७० मा पाँच र २०७०/७१ मा बढेर १८ बलात्कारसम्बन्धी मुद्दा जिल्ला प्रहरीमा दर्ता भएका थिए ।

आव २०७१/७२ मा १३ वटा बलात्कार उद्योगका मुद्दा दर्ता भएका थिए भने चालु आवको साउनमा दुईवटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापाले प्रहरीमा दर्ता भएका घटनामध्ये बलात्कारमा ४३ र १६ वटा बलात्कार उद्योगसम्बन्धी रहेको बताउनुभयो ।

बलात्कार भएको दोषी प्रमाणित भएमा कानुनतः १० वर्षमुनिका बालिका भए १० देखि १५ वर्षसम्म कैद, १० वर्षभन्दा माथि १४ वर्षमुनिका बालिका भए आठदेखि १२ वर्षसम्म कैद, १४ वर्षमाथि १६ वर्षमुनिका बालिका भए छदेखि १० वर्षसम्म कैद, १६ वर्षभन्दा माथि २० वर्षमुनिका बालिका भए पाँचदेखि आठ वर्षसम्म र २० वर्षदेखि माथिका महिला भए पाँचदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।