९ कार्तिक २०८३, सोमबार

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanचितवन, २७ साउन । चितवनको भरतपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मङ्गलबार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख १८६३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ना२८प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

ठक्करबाट घाइते भएकी धनकुटाको मुगा गाविस घर भई भरतपुर बस्ने ३० वर्षीया सुजाता राईको मृत्युभएको प्रहरीले जनाएको छ ।

आफ्नै श्रीमान्ले चलाएको मोटरसाइकलमा उनी सवार रहेको प्रहरीको भनाइ छ ।

राईको उपचारका क्रममा अपराह्न भरतपुरमा मृत्युभएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

गम्भीर घाइते मृतककी श्रीमान् हेमन्तकुमार राईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।