२९ आश्विन २०८३, बिहिबार

उमेरले रोक्न सकेन प्रेम : २२ वर्षीया युवतीले रोजिन् ६० वर्षीय जीवनसाथी

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेमको कुनै उमेर हुँदैन भन्ने भनाइलाई भारतको बिहार राज्यको कटिहार जिल्लामा भएको हालैको एक घटनाले फेरि एकपटक चर्चामा ल्याएको छ ।

६० वर्षीय सुग्रीम पासवान र २२ वर्षीया फुल्की देवीबीचको प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भएपछि यो जोडी अहिले सामाजिक सञ्जालभर चर्चाको विषय बनेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, मनिहारी क्षेत्रका सुग्रीम र फुल्कीबीच करिब दुई वर्षअघि चिनजान भएको थियो । समयसँगै उनीहरूको सम्बन्ध गहिरिँदै गएको र पछि प्रेममा बदलियो । तर उमेरमा ठूलो अन्तर भएका कारण उनीहरूको सम्बन्ध गाउँभर चर्चा र विवादको विषय बन्न पुग्यो ।

कुरा गाउँको पञ्चायतसम्म पुगेपछि स्थानीयस्तरमा छलफल समेत भयो । गाउँलेहरूले सम्बन्धबारे पुनर्विचार गर्न सुझाव दिए पनि दुवै जना आफ्नो निर्णयबाट पछि हटेनन् ।

फुल्कीले सार्वजनिक रूपमा आफू स्वेच्छाले सुग्रीमसँग बस्न चाहेको बताइन् । उनले भनेकी छन्, ‘म आफ्नै इच्छाले सुग्रीमसँग बस्न चाहन्छु । ममाथि कुनै दबाब छैन, म उनलाई माया गर्छु ।’

सुग्रीमले पनि आफ्नो प्रेम सम्बन्धलाई खुलेर स्वीकार गरेपछि अन्ततः पञ्चायतले विवाद अन्त्य गर्न उनीहरूको विवाह गराइदिने निर्णय गरेको थियो । त्यसपछि गाउँकै एक मन्दिरमा हिन्दु परम्पराअनुसार विधिपूर्वक विवाह सम्पन्न गरिएको बताइएको छ ।

विवाहका क्रममा ६० वर्षीय दुलाहा सुग्रीमले फुल्कीको सिउँदोमा सिन्दूर भरिदिएपछि मन्दिर परिसर तालीले गुञ्जिएको थियो । गाउँलेहरूले नवविवाहित जोडीलाई आशीर्वाद समेत दिएका थिए ।

यो अनौठो प्रेम विवाहको तस्वीर/भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । धेरैले यसलाई ‘साँचो प्रेमको उदाहरण’ भन्दै प्रशंसा गरेका छन् भने केहीले उमेरको ठूलो अन्तरप्रति आश्चर्य पनि व्यक्त गरिरहेका छन् ।