काठमाडौं । सरकारी अस्पतालमै नौ करोड बढी रकमको औषधी म्याद सकिएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा सरकारी असपताल र स्वास्थ्य संस्थामा नौ करोड सात लाख १७ हजार रुपैयाँ बराबरको औषधीको म्याद सकिएको पाइएको उल्लेख गरेको हो ।
प्रतिवेदनअनुसार, स्वास्थ्य सेवा विभागले खरिद गरेको २८ प्रकारका औषधीको म्याद सकिएको पाइएको हो। जसको मूल्य चार करोड ७२ लाख २० हजार रहेको छ। त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले किनेका ६ प्रकारका औषधीको पनि म्याद सकिएको छ। यसको मूल्य ४७ लाख ७० हजार रुपैयाँ रहेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले खरिद गरेका ६०१ प्रकारका औषधीको पनि म्याद सकिएको पाइएको छ। जसको मूल्य एक करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको एक करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको औषधीको पनि म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ।








प्रतिक्रिया