काठमाडौं । चलचित्र ‘एक मुठ्ठी बादल’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठ्ठी बादल’को ग्राण्ड प्रिमियर गरिएको हो ।
प्रिमियरमा कलाकार आँचल शर्मा लगायत अन्य कलाकारको पनि उपस्थिति रहेको थियो । अभिनेत्री शर्माले यो चलचित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइन् । उनले यस चलचित्रमा जोडिन पाउँदा अन्य नयाँ प्रोजेक्टमा काम गर्ने ढोका खुला भएको समेत बताइन् ।

उनले भनिन्, ‘यो चलचित्र मेरो लागि नयाँ अनुभव थियो । साढे १० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको तर ‘एक मुठ्ठी बादल’ चलचित्रसँग जोडिन पाउँदा यसले अरू प्रोजेक्टमा काम गर्नको लागी पनि ढोका खुला गर्दिएको छ ।’
उनले चलचित्रमा काम गर्ने क्रममा पाएको अनुभव र टिमसँगको सहकार्यप्रति खुसी व्यक्त गरिन् ।
चलचित्र ‘एक मुठ्ठी बादल’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउनेछ ।













प्रतिक्रिया