२९ आश्विन २०८३, बिहिबार

ओलीलाई प्रहार गर्दै नेपालले भने- ‘गफ र चुटकिलाले पार्टी चल्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

काठमाडौं, १ असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गफ र चुटकिलाको भरमा पार्टी सञ्चालन हुनै नसक्ने बताएका छन्।

मदन भण्डारी अध्ययन केन्द्र काभ्रेले शनिबार बनेपामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएको अन्नपूर्णमा छापिएको छ।

एमाले नेता नेपालले पार्टीमा बसेर गफगाफ गर्ने, चुटकिला भन्ने र नक्कली कुरा गरेर मात्रै पार्टी नचल्ने भन्दै पार्टी सञ्चालन गर्न जनता र कार्यकर्ताको मनमस्तिस्कमा बस्नुपर्ने जसका लागि सच्चा, इमान्दार र कर्तब्यनिस्ट व्यक्तिको आवश्यकता रहेको बताए।

उनले राजनीतिमा अलिकति तलमाथि हुँदा हरेस खाने व्यक्ति ले राजनीति नगर्दा पनि हुने धारणा राखे।

उनले पार्टी चलाउनका लागि ट्याक्टरको गतिको नेता नभई रकेटको गतिमा चल्ने नेता चाहिएको बताए। उनले जनता तथा कार्यकर्ताको भावना बुझ्दै उनीहरु को घरदैलोमा पुग्ने नेता सबैको चाहना रहेको बताउ। उनले पार्टीका पुराना नेताहरु लाई बिदा गर्दै नयाँ तथा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।

उनले पार्टीको पुरानो नेतालाई पार्टीको अध्यक्ष बनाउने भए पहिला सहाना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, अमृत बोहरालाई पार्टीको नेतृत्व दिनुपर्ने बताए।

उनले पुरानो पुस्तालाई बिदा गर्दै नयाँ पुस्तालाई नेतृत्व दिन आफु तयार रहेको त्यसका लागि अरु तयार छ की छैन? भनेर प्रश्न गरेका थिए।

उनले पार्टीमा आफुभन्दा जेठो केपी ओली र केपी ओलीभन्दा बामदेव जेठो भएको बताए । उनले माक्र्सवाद, लेलिनबाद पनि परिपूर्ण नभएकोले जनताको बहुदलिय जनवाद पनि परिपूर्ण नभएको दाबी गरे।