१८ असार २०८३, बिहिबार

वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्।

उनले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भने भइसकेको छैन । सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने अध्यादेश ल्याएसँगै उनले राजीनामा दिएका हुन् ।

यसअघि चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) का पदाधिकारी पदमुक्त भइसकेका छन्।