२३ असार २०८३, मंगलबार

चेन्नईले दिल्लीलाई ८ विकेटले हरायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ ।

गएराति अरुण जेट्ली रंगशाला दिल्लीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । चेन्नईले १७.३ ओभरमा २ विकेट गुमाएर १५६ रनको लक्ष्य पूरा गर्‍यो ।

चेन्नईको जितमा सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाए । उनले सात चौका र छ छक्का प्रहार गरेका थिए । सामसनलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो ।

सञ्जु बाहेक कार्तिक शर्माले अविजित ४१ रन बनाए । यी दुईले ११४ रनको अविजित साझेदारी गरेका थिए ।

दिल्लीका लागि लुंगी न्गिडी र अक्षर पटेलले एकएक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नईको १० खेलबाट १० अंक भएको छ र तालिकाको छैटौं स्थानमा रहेको छ ।

यस्तै, जारी आईपीएलमा १० खेलमा दिल्लीको यो छैटौं हार हो । दिल्ली ८ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।

आईपीएलमा आज राति ७ः४५ बजे सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।