१४ असार २०८३, आइतबार

बालाजुका सुकुम्बासीको गुनासो : उठिबास नै लगाए

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्।

प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो। स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुकुमबासीले स्वेच्छाले आफ्नो बस्ती हटाउन थालेका छन्। तर, उनीहरूमा असन्तुष्टि र अन्योल भने कायमै देखिएको छ।

सुकुमबासी बस्तीका स्थानीय श्यामबहादुर सुनारले सरकारले उचित विकल्प नदिई हटाउन खोजेको गुनासो गरे। उनले भने, ‘हामीलाई उठेर जाऊ भनेर स्पष्ट भनिएको पनि थिएन। कहिले अन्त सार्दिन्छौं भनेर आशा मात्र देखाइयो। अहिले अचानक उठ्नुपर्दा निकै समस्या भयो। हामी गरिब दुःखीले जसोतसो बस्दै आएका थियौं, अहिलेको सरकारले उठिबास लगाउने भयो।’

त्यस्तै अर्का स्थानीय राजकुमार पुरी भावुक हुँदै काम गरेर गुजारा चलाउँने सर्वसाधरणको गुजारा चलाउँने विकल्प खोज्नुपर्ने बताए ।

उनले भने, ‘सबै सामान यही चौरमा ल्याएर राखेको छु। नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र सबै यही ठेगानाको छ। मेरो कोही पनि छैन, सबै यहीँ बितिसके। म वाइलिङको काम गरेर गुजारा चलाउँछु—काम भए खान पाइन्छ, नभए त्यो पनि छैन। म हकुमबासी होइन, सुकुमबासी हुँ। सानैदेखि यहीँ बस्दै आएको छु।’

उनीहरुको अनुसार बस्ती हटाउने कार्यले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ भने पुनर्वासको विषय अझै अनिश्चित देखिएको छ।