२९ आश्विन २०८३, बिहिबार

अध्यादेश कसैलाई दुःख दिन वा सुविधा दिन ल्याइएको होइन : रवि लामिछाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन् ।

आज बसेको सदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले कसैलाई दुख दिन वा सुविधा दिन अध्यादेश नल्याइएको स्पष्ट पारेका हुन् ।

बिगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न नसक्ने स्पष्ट पार्दै उनले पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास रहेकोमा वर्तमान सरकारले त्यसका लागि नल्याएको बताएका हुन् ।

अध्यादेश ल्याउने कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास भएको उनको भनाइ छ । आवश्यक सुधारका लागि अध्यादेश ल्याइएको लामिछानेले बताए ।