काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छिन् । उनी ललितपुरको किष्ट अस्पताल भर्ना भएकी हुन् ।
उनलाई बेहोस अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
उपसभामुख ठाकुरलाई राति ज्वरो आएको थियो । बिहान अस्पताल पुग्दा उनको सुगर लेभल एकदमै कम रहेको र बेहोस अवस्थामै उपचार थालिएको थियो ।
अहिले उनी होसमा आएकी छिन् । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया